+977 9812345689

Welcome To Cricket Association Of Nepal - CAN - Madhesh Provice

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

Source : ekantipur.com

पोखरा — एकातर्फ प्लेइङ ११ मा राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका १० खेलाडी । अर्कोतर्फ बामे सर्दै गरेको मधेश प्रदेशको टिम । पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार त्रिभुवन आर्मी क्लबसँग मधेशको प्रतिस्पर्धा एकतर्फी हुने धेरैको आकलन थियो ।

दर्शकको साथ पाएको मधेशले अन्ततः पहिलो केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा आर्मीलाई ११ रनले हराएर इतिहास रचेको छ ।

दर्शकको साथ पाएको मधेशले अन्ततः पहिलो केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा आर्मीलाई ११ रनले हराएर इतिहास रचेको छ ।

१ सय ३६ रनको लक्ष्य पाएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो । ओपनर सन्तोष कार्कीले १३ बलमा तीन चौकासहित १६ रन जोडे । उनलाई पाँचै ओभरको चौथो बलमा प्रदीप पासवानले पेभेलियन फर्काए । आर्मीको प्लेइङ ११ मा राष्ट्रिय टिमबाट नखेलेका सन्तोष एक्लो थिए । कप्तान विनोद भण्डारीले सम्हालिँदै ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए ।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललाई मध्यम गतिका बलर प्रतीक यादवले आठौं ओभरको तेस्रो बलमा ५ रनमै क्याचआउट गराए । रोहितले कुनै खेलमा १० भन्दा बढी रन लिन सकेनन् । फाइनलमा आर्मीका ब्याटर चल्नै सकेनन् । मधेशको जितमा ११ औं ओभरको ‘टर्निङ प्वाइन्ट’ ले भूमिका खेल्यो । कप्तान हरिशंकर साहले आर्मीका कप्तान विनोदलाई पहिलो बलमा एलबीडब्लू आउट गरे । एक बलपछि बसिर अहमद पनि २ रनमा एलबीडब्लू आउट भए । ओभरको पाँचौं बलमा शून्यमा बोल्ड हुँदा विष्फोटक ब्याटर कुशल मल्ल मैदान प्रवेश गरेपछि आर्मी लयमा फर्किने अनुमान गलत साबित भयो ।

हरिशंकरको अर्को ओभरमा राजेश पुलामी आउट हुँदा ३ रनभन्दा जोड्न सकेनन् । भीम सार्की २१ बलमा २ चौका र १ छक्कासहित २२ रनमा आउट भए । उनी प्रदीप पासवानको बलमा आउट भए । अलराउन्डर बसिर अहमद प्रदीपकै बलमा २ रनमै पेभेलियन फर्किनुपर्‍यो । अन्तिम विकेटका लागि सोमपाल कामी र विवेक यादवले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि मधेशले सफल हुन दिएन । विवेकले २५ र सोमपालले १६ रन बनाए । हरिशंकरले ४ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । प्रदीपले २ र प्रतीक यादवले १ विकेट लिए ।

टस जितेको मधेश प्रदेशले २० ओभरमा ८ विकेट गुमाई १ सय ३५ रन बनाएको हो । सातौं विकेटका लागि क्रिजमा छिरेका विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४९ रनको अविजित इनिङ्स खेले । ओपनर तथा कप्तान हरिशंकर साहले २१ बलमा ३ चौका र २ छक्का मदतमा २७ रन बनाए । उनी विवेक यादवको बलमा क्याचआउट भए ।

अर्का ओपनर अनिलकुमार साहले एक छक्का प्रहार गरे पनि सोमपाल कामीको धरापमा परे । इमरान खान शाहब आलमको बलमा आउट भए । उनले ८ रन जोड्दा ३ रन बनाएका मायन यादव पनि शाहबकै बलमा बोल्ड भए । ९ रन बनाएका पवन सर्राफ भने विवेक यादवको बलमा आउट भए । हिमांशु दत्त १४ रन जोडेर बसिर अहमदको बलमा बोल्ड भए । विशाल सुस्लिङ (१०) भने विवेक यादवको बलमा बोल्ड भए । विवेककै बलमा रुपेश सिंह डकआउट भए । प्रदीप पासवनले ४ रन बनाए ।

राष्ट्रियस्तरको प्रतियोगितामा मधेशले उपाधि जितेको यो पहिलोपल्ट हो । मधेशले सेमिफाइनलमा एपीएफ र आर्मीले वाग्मतीलाई हराएर फाइनल पुगेका थिए । मधेश प्रदेशले ५ लाख र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा म्यान अफ द सिरिजको उपाधि मधेशका हरिशंकर साह भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । कुल १० विकेट लिएका वाग्मती प्रदेशका सन्दीप लामिछाने उत्कृष्ट बलर र १ सय ७० रन जोड्न सफल वाग्मतीकै रित गौतम उत्कृष्ट ब्याटर घोषित भए । उनीहरूले जनही २० हजार पाए । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका २ गरी १२ टिम सहभागी थिए ।

Source : ekantipur.com